रातो च्याउ सेवनका फाइदाहरु र उपयोग तरिका

Standard Post with Image

बिस्वमा सन्जिवनी बुटि भनेर चिनिने रातो च्याउलाइ रङ रातो भएको हुनाले नेपालमा रातो च्याउ भनेर चिनिन्छ।यसको बैज्ञानिक नाम Ganoderma lucidum हो। यसलाई जापानमा Reishi वा Manentake भनिन्छ भने चिनमा Linghzi भनिन्छ।
प्राचिनकाल देखि नै बिस्वमा रातो च्याउको उपभोग गर्दै आइहेको पाइन्छ। हजारौ बर्ष पहिले देखि नै चिनका बादशाहहरुले आफू जवान रहन र दिर्घायु हुन यसको सेवन गर्दथ्यो। जनताहरुले सेवन गर्न पाइन्नथ्यो। आफुले संकलन गरेका च्याउ बादशाहलाइ बुझाउनुपर्थ्यो। पछि यो च्याउको महत्व चिनका जनताहरुले पनि बुझ्न थाले पछि आफुले नि सेवन गर्न थालियो। कालान्तरमा यसको खेती पनि गर्न थालियो। चिनमा खेती सुरु गरेपनी यसको बिकाश र बिस्तार जापानमा भयो। हाल यो रातो च्याउको खेती संसारभर फैलिएको छ। यो रातो च्याउ नेपालको विभिन्न ठाउमा प्राकृतिक रुपमा पाइएको छ। खासगरी नेपालमा समुन्द्री सतह बाट ८०० मिटर देखि १८०० मिटर उचाइ भएका तराइ र पहाडि भु भाग भएका जंगलमा उम्रेको पाइएको छ।यो काठमाडौ उपत्यकाका फुल्चोकी, शिबपुरी,नागार्जुन,सुन्दरिजल, चन्द्रागिरी,लेले, सुर्यबिनायक तथा उपत्यका बाहिर टिस्टुङ ,पालुङ,दामन आदि ठाउमा पाइएको छ।तराइ र भित्री मधेशमा पनि पाइएको छ।
यो रातो च्याउ औषधिय गुणले निकै नै महत्वपुर्ण मानिन्छ। धेरैथरी जडिबुटीमा पाइने गुणहरु यश च्याउमा पाइने तर यसमा भएका जडिबुटिय गुणहरु अरु जडिबुटीमा नपाइने हुनाले यसलाइ जडिबुटीको राजा पनि भनिन्छ। यश च्याउमा मानबिय शरीरलाई फाइदा पुर्याउने polysaccharides, Adenosines, Triterpenodes, Sterols, Alkaloids, Fatty Acids, Steroids लगायत ४०० थरिभन्दा बढीका सक्रिय तत्वहरु पाइन्छन। यो च्याउ तररो र तितो हुने भएकोले पकाएर र अरु तरकारीमा मिसाएर खाने गरिन्न। यो च्याउलाइ बिसेसत: औशधिको रुपमा र health food suppliment को रुपमा सेवन गरिन्छ। चिन र जापनमा क्यान्सर बिरुद्धको औषधिको रुपमा मान्यता पाएको छ। क्यान्सर बिरुद्धको उपचारमा सफलता मिलेको पनि उल्लेख छ। बिस्वभरी रातो च्याउ औषधि मिश्रण गरि प्रयोग हुँदै आएको छ। चिनमा मात्रै २०० भन्दा बढी औषधिहरुमा रातो च्याउ प्रयोग भएका छन। मसरुम सिड नेपाल एन्ड रिसर्च सेन्टर प्रा लि ले नास्टका च्याउ बिज्ञहरुको प्रत्यक्ष परामर्शमा रातो च्याउको धुलो MSN Reishi Mushroom Powder र MSN Dry Reishi Mushroom हालसालै बजारमा ल्याइएको छ।

रातो च्याउ सेवनका फाइदाहरु

1, क्यान्सर (cancer) को प्रतिरोध गर्ने

रातो च्याउमा पाइने बिबिध रसायनहरुले मानव शरीरमा Breast cancer र Prostate cancer लाग्न नदिने वा भएको पनि हताइ सरिरलाइ स्वास्थ राख्दछ। यसको सेवन बाट अनावस्यक ट्युमर बढ्न दिंदैन। सरिरका कोषहरुलाइ हताइदिन्छ। अनावस्यक मासु पलाउन दिंदैन। यसले शरिरका कोषहरुमा हानिकारक म्युटेसन हुनबाट सुरक्षा गर्ने काम गर्दछ।केमोथेरापिक र केमोप्रीभेन्टिभ तत्वहरुको अनुसन्धानमा सयौ थरि बनस्पतिको मूल्याकंन हुने गरेकोमा रातो च्याउ अग्रस्थानमा पर्दछ। रातो च्याउको फल, माइसेलिया र स्पोरहरुबाट धेरै किसिमको रसायनहरु निकाल्ने गरिन्छ। च्याउमा पाइने पोलिस्याकाराइड, ट्राइटर्पेनोइड्स, ग्लाइकोपेप्टाइड्स, पेप्टिडोग्लाइकेन्स ले क्यान्सरलाइ नियन्त्रण गर्न मद्दत गर्दछ। आन्द्रा रमलासयमा हुने ट्युमरको नियन्त्रणमा पनि यो च्याउको सेवन फाइदाजनक देखिएको पाइन्छ। क्यान्सर नियन्त्रणमा रातो च्याउको एकल सेवन वा केमोथेरापिक उपचारमा रातो च्याउ बिकल्पको रुपमा प्रयोग गर्न सकिन्छ।

2,विभिन्न रोगहरु बाट सुरक्षित राखी रोगप्रतिरोधात्मक क्षमता ( immunitty power) बढाउने।

यस च्याउमा हुने विभिन्न रसायनहरुले रोग प्रतिरोध गर्ने कोषिकाहरुलाइ सक्रीय पार्दछ। एन्टिभाइरस ( anti-virus), एन्टिब्याक्टेरिअल ( anti-bacterial), एन्टिफङ्ग (an-tifungal), एन्तिइन्फ्लामेटरी(enti-inflammatary) को काम रातो च्याउमा पाइने ती रसायनहरुको उपलब्धताको कारन बाट हुने भएकोले यस च्याउले मानबिय सरिरलाइ फाइदा पुर्याउने गरेको हुन्छ। यसले भाइरस्जन्य रोगहरु ( Swine flu, Avian flue, Influenza) लाग्न नदिने काम गर्दछ। गनोडरिक अम्ल र लुसिदेरियाल अम्लहरु एन्टिइम्फ्लामेटरी बिशेषतायुक्त हुन्छन। यो च्याउमा पाइने ट्राइटरपेनाइट्स इन्टेरोभाइरस 71 (Entevirus 71) बिरुद्ध गानोडरिक अम्ल H1N1र इन्फ्लुएन्जा बिरुद्ध गानोडेरियाल गानोभर्माम्यानाट्रीओल HIV-D1 बिरुद्ध प्रभाबकारी पाइएको छ। शरिरलाइ हानी गर्ने जिबानुहरुको निस्कृयताको अर्थ रोगप्रतोरोधात्मक क्षमताको वृद्धि हुनु हो। अल्जाइमर र मुटुको बिरामिले पनि यो च्याउको प्रयोग फाइदा पुर्याउने पाइएको छ। यसरी रातो च्याउको सेवनले विभिन्न रोगहरु बाट सुरक्षित गरि रोगप्रतिरोधात्मक क्षमता बढाउछ र मानिसको आयु बढाउदछ।

3, एन्टिअक्सिडेन्ट ( Anti-oxidant) को विशेषतायुक्त

मानिसको शरिरमा पाचनक्रीयाको क्रममा, प्रदुषणको कारण र रसायन हरुको कारण फ्री रेडिकल्सहरु( free radicals) निरन्तर उत्पादन भइरहेको हुन्छ। फ्री रेडिकल्स एक प्रकारको हानिकारक रसायन हो। यसले शरिरको कोष र तन्तुलाइ हानी पुर्याउने काम गर्दछ। मानव शरीरमा चेन रियाक्सन मारोहत यसको उत्पादन चालू रहन्छ। यसको कारणले बिभिन्न अङ्गहरु चाउरिने वा बिग्रने समस्याहरु निस्कन्छन। रातो च्याउमा हुने विभिन्न रसायनहरुले यिनिहरुलाइ निष्क्रिय बनाउने ( detoxification) कार्य गर्दछ। शरिरका विभिन्न अङ्गमा हुने चाउरिपना र अनुहारमा हुने चाउरिपना बाट जोगाइ बुढ्यौलिपना हुन बाट जोगाउछ। च्याउमा हुने टोनिकहरुले शरिरका कोषहरुको सुरक्षा गरि कोषकोआयु बढाउने कार्य गर्दछ। कलेजोमा हुने विभिन्न रसायन बात हुने हानी बाट पनि जोगाउछ।

4, उच्च रक्तचाप ( high blood pressure) लाई सन्तुलनमा राख्छ।

मानिसको शरीरमा रक्तचाप १२०/८० लाई सामान्य मानिन्छ। रक्तचाप बढी भएमा मानिसको विभिन्न अङ्गहरु दिमाग, मृगौला आदि लाई हानी पुर्याउछ।पक्षघात जस्ता गम्भीर समस्या पनि लाग्न सक्छ। रातो च्याउको नियमित उपयोगले उच्च रक्तचापको समस्या भएका बिरामिलाइ रक्तचाप सन्तुलनमा ल्याइ शरिरलाइ स्वस्थ राख्ने काम गर्दछ। मानसिक तनाब घताइ अन्य शारीरिक समस्या आउन दिंदैन। शरिरमा हर्मोनल समस्याहरुका कारण उच्चरक्तचापको समस्या हुनेलाइ रातो च्याउको सेवनले हर्मोन उत्पादनमा सन्तुलनमा ल्याउन मद्दत गर्दछ । उच्चरक्तचापको समस्याबाट छुटकारा मिल्छ।

5, मुटु (heart) को सुरक्षा गर्ने :

मुटुले सम्पुर्ण अङ्गहरु रगतको मध्यम बाट जोड्ने कार्य गर्दछ । शरीर भरिएको दुसित रगत लाई सफा , अक्सिजन पर्दान गर्ने , पाैष्टिक तत्वहरु आवस्यक अङ्गमा पुर्याउने आदि कार्य मुटुको सहायतामा हुन्छ । मुटुलाई विभिन्न रसायनले बिगार्ने काम गर्दछ मुटुको कोषहरुलाइ हानी पुर्याउने यी रसायनहरुबाट रातो च्याउ को उत्पादनले सुरक्षा प्रदान गर्दछ मुटुको धमनी ( artery )
लाई मजबुत बनाउछ । यस्ले मुटुको नलिमा कोलेस्टेरोल जम्मा हुने समस्या निराकरण गर्न उपयोगी छ ।मुटुको धमनिमा रगत जम्ने समस्या ( blood coagulation) भने यस्लाइ पातलो बनाउने कार्य रातो च्याउको सेवनले गर्दछ ।धमनिमा रगत जम्दा छाती दुख्ने वा सास फेर्न अप्ठ्यारो हुने समस्या कम हुन जान्छ । यस्ले मुटुमा रगतको सञ्चारलाइ बडाउने कार्यमा मद्दत गर्दछ र मुटुलाई स्वास्थ रहन सहयोग गर्दछ ।

6, मधुमेह ( Diabets ) बाट सुरक्षित बनाउने ।

मानिस ले खायको बस्तु पचिसकेपछी ती पौस्तिक तत्व हरु रगतम घुलिन्छ । प्रोटिन , भिटामीन , चिल्लो , मिनरल्स आदि रगतकै मध्यम बाट विभिन्न अङ्गमा पुग्छ ।शरीर म चिनीको मात्रा धेरैभएको सम्स्याहरु देखिन्छ ।समयमै नियन्त्रण गरियन भने मधुमेह रोग लाग्दछ । शरीरमा कुनै घाउ लागेमा चाडैं निको हुन समय लाग्छ ।जस् कारण गम्भीर अप्रेसन हरु पनि रोक्न पर्ने बाध्यता रहन्छ ।मधुमेहका विभिन्न समस्याहरुले मानिस लाई रोग ग्रास्त बनाउछ । रातो च्याउ मा पाहिने polysaccharides, proteoglycans, proteins and triterpenoids हरुले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्धछ ।

7, निराशा (Depression) हटाउने :

मानिसलाई स्वास्थ रहन खान पिनले मात्र पुग्दैन । अन्य मानसिक तवरले पनि स्वास्थ रहनु पर्दछ । रातो च्याउ को सेबन ले टाउको दुख्ने , दुखाइपना , अल्छि पना आदि हटाउने र शरीर लाई स्फुर्ती प्रदान गर्दछ । ( Insomnia) वा निन्द्रा खल्बलिने समस्या कम गरि सन्तुलित निन्द्रा प्रदान गर्दछ । यस्ले दम ( Asthma) र एलर्जी (Allregy) बाट छुट्कारा दिने गर्दछ । यसरी फोक्सोको सुरक्षामा पनि रातो च्याउ को महत्त्वपूर्ण भुमिका रहेको पहिन्छ ।
तसर्थ, रातो च्याउ बहुगुणि औषधी हो । त्यसैले यो रातो च्याउ को नियमित सेवन गरौं र स्वस्थ रहौँ ।

उपयोग तरिका :

• ३०० एम एलको कप मा एक ग्राम रातो च्याउ को पाउडर राख्ने त्यसपछि तातो पानी राख्ने तातो अवस्थामै सेवन गर्ने अथवा च्याउ को धुलो राखी उमालेर पनि सेवन गर्न सकिन्छ

उपयोग को मात्रा :
• स्वास्थ बेक्तिले दैनिक २ ग्राम देखि ४ ग्राम (बिहान दिउँसो र बेलुकी गरि)
• क्यान्सर र एड्सलाइ ५ देखि १० ग्राम(बिहान ३ग्राम, दिउँसो ३ ग्राम र बेलुकी ३ ग्राम)
• मुटु रोगीलाई २ देखि ५ ग्राम(बिहान दिउँसो साझ र बेलुका गरि)
• प्रेसर र सुगर को बिरामीलाई ३ देखि ६ ग्राम ( बिहान, दिउँसो र बेलुकागरि)

• गल्गाडा, माइग्रेन र टाउको दुखाइलाई ६ देखि ९ ग्राम
(बिहान, दिउँसो र बेलुका ३ चोटि गरि)

रातो च्याउ सेवन गर्नु नहुने अवस्था
• आत्याधिक ज्वोरो आउँदा ।
• जण्डिस हुँदा ।
• अत्याधिक दुखाइ।
• रक्त श्राव हुँदा ।
• सर्जरीको समयमा ।
• अत्यधिक निम्न रक्तचाप ।
• 5 बर्ष मुनिका बच्चाले प्रयोग गर्नु नहुने
• गर्भवति महिला एवम दुध खुवाउदै गरेको महिलाले प्रयोग गर्न नहुने ।

सम्पर्क : नम्बर
phone 9749415474, 9749415475, 9841409269
Gmail.mushroomseednepal@gmail.com
Website : www.mushroomnepal.com
madhypur thimi-3 sundar nagar, bhaktapur