च्याउ खेती गर्दा ‘पागल’ को उपमा पाएका नेपाली ‘मसरुम म्यान’:
च्याउ खेती गर्दा ‘पागल’ को उपमा पाएका नेपाली ‘मसरुम म्यान’:
भविष्यमा के बन्ने ?’ विद्यालयमा शिक्षकले प्रश्न गर्दा आकाश बाडेको एउटै जवाफ हुन्थ्यो, ‘किसान’ आकाशको जवाफ सुनेर शिक्षकले निधार खुम्च्याउँदै भन्थे, ‘किसान बन्ने ! यस्तो पनि सपना हुन्छ ?’ सहपाठीले पनि उनको मजाक उडाउँथे ।
किनभने, अन्य सहपाठीको जवाफ हुन्थ्यो- डाक्टर, पाइलट, नर्स, इन्जिनियर । उनीहरूका अगाडि आकाशका सपना सबैलाई फिका लाग्थ्यो । तर, अहिले तिनै शिक्षक र सहपाठीहरु आकाशको कृषि कर्म देखेर दंग छन् । भक्तपुर मध्यपुर थिमि-७, नगदेशका ३८ वर्षे आकाशले कृषि क्षेत्रमा नयाँ परीक्षण गरिरहेका छन् । नेपालमा प्रायः नामै नसुनिएका च्याउका प्रजातिलाई जगाउँदै ‘मसरुम म्यान’ बनिरहेका छन् ।
‘कोर्डिसेप्स एसपी’, ‘लायन्स मेन (हेरिसियम)’, ‘किङ ओएस्टर’ च्याउ लगायत नेपालमै पहिलोपटक ‘इसारिया जापोनिका’, ‘इसारिया सिकादा’ प्रजातिको च्याउको आकाशले सफल उत्पादन गरिसकेका छन् । जो कोहीले यी च्याउको खेती गर्न चाहेमा बीउ आकाशले उपलब्ध गराउन सक्नेछन् ।
नेपालको जंगलमा उम्रिएका थुप्रै औषधीयुक्त च्याउ महत्व थाहा नपाएर त्यसै कुहिएर गइरहेको छ । त्यस्ता च्याउलाई बजारमा ल्याउने प्रयास गरिरहेको छु ।
अचेल ‘च्याउ’ नै आकाशको संसार बनेको छ । आकाशले परीक्षण गरेका प्रायः च्याउका अनुसन्धान सफल भएका छन् । तर कुनै समय थियो, च्याउ खेती गर्दा उनले ‘पागल’ को उपमा पाएका थिए । ‘पागल किसान’ को उपमाबाट ‘सफल किसान’ को उपमा सम्मको यात्रा लामो छ । ठूलो संघर्षको कथा लुकेको छ ।
च्याउ उत्पादनको सामान्य तालिम लिएर नै सुरु गरेका उनले कृषि-प्रविधि तालिम केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, भारतको हिमाञ्चल प्रदेशलगायतमा तालिम लिएर च्याउ खेतीमा गर्न नहुने त्रुटिहरु पत्ता लगाए । अनि त्रुटि न्यूनीकरण गर्दै लगे । सुरुमा चार सय पोका च्याउ राखेर सुरु गरेको व्यवसाय त्यसपछि आठ सय, हजार हुँदै अहिले उनको फार्ममा त्यो पोकाहरुको संख्या २० हजार छ । ११ रोपनीमा फैलिएको फार्ममा कामदार पनि १२/१३ जना छन् ।
‘अहिले नेपालमा कुनै पनि व्यापार व्यवसायको ग्यारेन्टी छैन । च्याउ पनि चुनौतीले भरिएको पेशा हो । तर जिन्दगीमा सफल हुन जोखिम लिनुपर्दाे रहेछ र त्योसम्बन्धी पर्याप्त ज्ञान हुनुपर्दोरहेछ,’ आकाश भन्छन्, ‘प्राविधिक खेती भएकोले प्रविधिबारे जान्न सकियो भने र रोग कीराको बारेमा जान्न÷बुझ्न सकियो भने पेशा धेरै राम्रो छ । सैद्धान्तिकसँगै व्यवहारिक तालिम पनि चाहिने रहेछ, नसिकीकन, नजानीकन गर्नु राम्रो हुँदैन ।’
आकाशले उत्पादन गर्ने च्याउका प्रकार :
– कन्ये
– गोब्रे
– सिताके
– ग्यानोदर्मा (रातो च्याउ)
– कोर्डिसेप्स मिलिटारिस
– कोर्डिसेप्स एसपी
– लायन्स मेन (हेरिसियम)
– इसारिया जापोनिका
– इसारिया सिकादा
– इनोकिताके
– माइटाके
– ‘किङ ओएस्टर’
https://www.facebook.com/mushroomresearchcenter/
Source: https://www.facebook.com/krishisuchanaofficial/photos/pcb.753427051990681/753423435324376